एमाले सचिवालय बैठक बस्दै
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज पुनः बस्दैछ। बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्ने तय भएको छ।
आजको बैठकको मुख्य एजेन्डा आसन्न महाधिवेशनको मिति निर्धारण गर्ने विषयमा केन्द्रित रहनेछ। शुक्रबारदेखि सुरु भएको बैठकमा पार्टीभित्रको एकता मजबुत बनाउने, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको थियो। त्यस्तै, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समीक्षा पनि गरिएको थियो।
सचिवालय बैठकमा यही असोज २९ देखि ३१ गतेसम्म हुने केन्द्रीय कमिटी बैठकका तयारी र कार्यसूचीबारे पनि निरन्तर छलफल भइरहेको छ।













