प्रहरीका पोसाक तथा अन्य सामग्री खरिद सम्बन्धी विवरण १५ दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

User Image Prime TV News एक महिना अगाडि
Image of प्रहरीका पोसाक तथा अन्य सामग्री खरिद सम्बन्धी विवरण १५ दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

काठमाडौ । 

प्रहरीको पोसाक खरिद विवरण १५ दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

काठमाडौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी सम्पूर्ण विवरण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

समितिको बुधबार बसेको बैठकले खरिद प्रक्रियासँग सम्बन्धित आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन, सम्झौता, आपूर्ति तथा गुणस्तर परीक्षणका कागजात पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

त्यस्तै, खरिद गरिएका सामग्रीका बिल तथा भुक्तानी विवरणसमेत समितिसमक्ष बुझाउन भनिएको छ। विगतमा खरिद गरिएका समान प्रकृतिका सामग्रीको विवरण र हालको खरिदसम्बन्धी विवरणसहित आवश्यक कागजात उपलब्ध गराउन समितिले निर्देशन दिएको छ।

प्रहरीका पोसाक तथा अन्य सामग्री खरिदमा अनियमितता तथा भ्रष्टाचार भएको उजुरी परेपछि समितिले बुधबार प्रहरी प्रमुख तथा गृह मन्त्रालयका प्रतिनिधिसँग यस विषयमा छलफल गरेको थियो। छलफलपछि समितिले खरिद प्रक्रियाको पारदर्शिता, मूल्यांकन र भुक्तानीसम्बन्धी विषय स्पष्ट पार्न आवश्यक कागजात मागेको हो।

समितिले माग गरेका विवरण प्राप्त भएपछि खरिद प्रक्रियामा कुनै अनियमितता भए–नभएको विषयमा थप अध्ययन तथा आवश्यक निर्णय गर्ने तयारी गरेको छ।