सम्पादक किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

User Image Prime TV News एक महिना अगाडि
Image of सम्पादक किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाको भोलिपल्ट प्रहरीले आज बिहानै पत्रिकाको कार्यालयमा छापा मारेको छ।

जनआस्थाका कर्मचारीका अनुसार प्रहरीको टोली बिहानै कार्यालयमा पुगेको हो। प्रहरीले सम्पादक श्रेष्ठको कार्यकक्षसँगै समाचारकक्षमा समेत प्रवेश गरी छानबिन थालेको बताइएको छ।

श्रेष्ठलाई प्रहरीले हिजो राति उनको घरबाटै पक्राउ गरेको थियो। पक्राउपछि मध्यराति करिब १ बजे प्रहरीको अर्को टोली श्रेष्ठको घरमा समेत पुगेको र त्यहाँ छापा मारेको बताइएको छ।

श्रेष्ठ पक्राउ परेको घटनाप्रति पत्रकार तथा पत्रकारसम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल पत्रकार महासंघ लगायतका पत्रकारका विभिन्न संस्थाले मध्यरातमै प्रहरी कार्यालय पुगेर धर्नासमेत दिएका थिए।

समाचार प्रकाशनसँग जोडिएको विषयमा सम्पादक पक्राउ परेपछि जनआस्था कार्यालयमा समेत प्रहरी पुगेको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई थप चर्चामा ल्याएको छ।

यसअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि श्रेष्ठलाई समाचार लेखेकै आधारमा कानुनी प्रक्रिया नअपनाई धरपकड गरिएको भन्दै तत्काल रिहाइको माग गरेका थिए।