सुनको भाउ आज पनि घट्यो, चाँदीको मूल्य बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँमा झरेको थियो।
गत साता पाँच कारोबार दिनमा सुनको मूल्य प्रतितोला २४ हजार २ सय रुपैयाँले बढेको थियो। त्यसपछि लगातार दुई दिन मूल्यमा गिरावट आएको हो। यता, चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो। त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य पनि हालसम्मकै उच्च प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावट हो।







