गगन थापाले गरे पूर्वसभापति देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वागत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयपछि स्वदेश फर्किएका पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार केन्द्रीय कार्यसमितिको बैठक सुरु गर्दै सभापति थापाले देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेश फर्किएकोमा स्वागत गरेका हुन्। बैठकको सुरुवातमै थापाले निवर्तमान सभापति देउवाको स्वागत गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
एक कांग्रेस नेताका अनुसार थापाले संक्षिप्त रूपमा देउवालाई स्वास्थ्यलाभको शुभकामनासहित स्वदेशमा स्वागत गरेको बताएका थिए। उपचारका क्रममा करिब साढे पाँच महिना विदेशमा रहेका देउवा बिहीबार नेपाल फर्किएका हुन्। उनी लामो समय सिंगापुर र हङकङमा रहेर उपचार गराएका थिए।
देउवाको स्वदेश आगमनसँगै कांग्रेसको पछिल्लो राजनीतिक गतिविधि र पार्टीभित्रको नेतृत्व तहमा उनको भूमिकालाई लिएर पनि चासो बढेको छ।







