नेप्से ८.८१ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से ८.८१ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

काठमाडौ । दुई कारोबार दिनसम्म स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले बढेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको हो।

आज कुल १ करोड २ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार भएका कम्पनीमध्ये सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १३ प्रतिशतले बढ्दा घलेम्दी हाइड्रोको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ।

यता इमर्जिङ नेपालको शेयरमूल्य ५.११ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको बिहीबार २९ करोड ९८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक भने स्थिर रहेको छ।

बिहीबारको कारोबारले समग्र बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्ताको सक्रियता भने अझै सीमित रहेको संकेत गरेको छ।