कोशी प्रदेश सभाको बैठक भदौ ३ गते बस्ने

User Image Prime TV News एक महिना अगाडि
Image of कोशी प्रदेश सभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर । गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक आगामी भदौ ३ गते बस्ने भएको छ।

कोशी प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै नवौं अधिवेशनको तेइसौं बैठक भदौ ३ गते बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो। यसअघि असार २४ गते प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।

लामो समयपछि बस्न लागेको बैठक यसपटक कटहरीस्थित प्रदेश सभा सचिवालय परिसरमा निर्माण गरिएको नयाँ संसद् भवनमा बस्ने भएको छ। आगामी बैठकमा दलितसम्बन्धी विधेयक टेबुल गर्ने तयारी गरिएको छ। उक्त विधेयकको मस्यौदा प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै पारित गरिसकेको छ।

नयाँ संसद् भवनबाट प्रदेश सभाको बैठक सञ्चालन हुन लागेसँगै बैठक व्यवस्थापन तथा पूर्वाधारको दृष्टिले पनि यस अधिवेशनलाई महत्त्वका साथ हेरिएको छ।