आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर, नेपाल नजिक रहेको छ। महाशाखाका अनुसार अहिले मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
भारी तथा धेरै भारी वर्षा हुनसक्ने क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासी तथा यात्रुले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।







