धवलशमशेर राणाको ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । धवलशमशेर राणाको नेतृत्वमा प्रस्तावित ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ।
पार्टीका सभापति धवलशमशेर राणा र सर्वोच्च नेता दुर्गा प्रसाई रहने गरी गठन गरिएको नयाँ दल दर्ताका लागि आयोगले आज मध्याह्न १२ः३० बजे समय दिएको राणाले जानकारी दिएका छन्।
राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर नयाँ दल गठन गरेका हुन्। नयाँ पार्टीमा राप्रपाबाट राजीनामा दिएका तथा हालै राप्रपामै रहे पनि असन्तुष्ट रहेका नेताकार्यकर्तालाई समेत समेट्ने तयारी रहेको उनले बताएका छन्।
राणाका अनुसार नयाँ दलले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यसहित संगठन विस्तारको तयारी अघि बढाउनेछ। पार्टी दर्ता भएपछि संगठन विस्तार, नेतृत्व संरचना तथा आगामी राजनीतिक गतिविधिबारे थप योजना सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।







