सुनको भाउ फेरि घट्यो, तोलामा ४ हजार ६ सय रुपैयाँले सस्तियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको थियो।
गत साता भने पाँच दिनमै सुनको मूल्य तोलामा २४ हजार २ सय रुपैयाँले बढेको थियो। त्यसपछि लगातार मूल्य घट्न थालेको हो। यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ९० रुपैयाँ घटेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य ४ हजार ७ सय ५० रुपैयाँ थियो।
यसअघि गत माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो। चाँदीको मूल्यले पनि गत माघ १५ गते नयाँ रेकर्ड बनाएको थियो। त्यस दिन चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यस्तै, माघ १८ गते चाँदीको मूल्य एकै दिन तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो दैनिक गिरावट हो।







