सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए शपथ
Prime TV News एक महिना अगाडि 
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख मियाँले शुक्रबार बिहान भट्टलाई सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसअघि भट्टले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।
भट्टको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए। दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका थिए। मुख्यमन्त्रीको शपथ लिएसँगै भट्टले प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाएका छन्।







