नेप्से ७.३७ अंकले घट्यो, ४ अर्ब २७ करोडको कारोबार

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से ७.३७ अंकले घट्यो, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेको छ।

यो गिरावटसँगै नेप्से २६४३.८३ विन्दुमा पुगेर रोकिएको हो। आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर किनबेच भएका छन्। दिनभरमा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ‘अन्य’ समूहबाहेक अधिकांश क्षेत्रका शेयर मूल्य बढेका छन्। कारोबार भएका कम्पनीमध्ये माउन्ट एभरेस्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्वोत्तम पेन्ट्सको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, सुपर खुदी हाइड्रोको शेयर मूल्य १२.८३ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा भने कृषि विकास बैंक बन्ड शीर्ष स्थानमा रहेको छ। उक्त बन्डको ७० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। खानीखोला हाइड्रोको १७ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। समग्र बजार परिसूचक घटे पनि केही जलविद्युत् तथा अन्य कम्पनीका शेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।