राष्ट्रलाई मुठभेडको बाटोबाट जोगाउ: नेता शर्मा

User Image Prime TV News ३ महिना अगाडि
Image of राष्ट्रलाई मुठभेडको बाटोबाट जोगाउ: नेता शर्मा

काठमाडौ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशमा बढ्दै गएको राजनीतिक तनावबीच सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रलाई मुठभेडको बाटोबाट जोगाउन सबैले जिम्मेवार भूमिका निभाउनुपर्ने बताएका हुन्।

शर्माले लेखेका छन्, 'राष्ट्रभन्दा ठूलो केही छैन। अहिलेको समय मुठभेड गर्ने वा गराउने होइन, बरु शान्ति र वैधानिकता स्थापनाका लागि योगदान दिने हो।'

उनले सबै दलका नेताहरू र नागरिकहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि काम गर्न आग्रह गरेका छन्। शर्माका अनुसार, देशलाई स्थायित्व र एकतामा ल्याउन प्रत्येक व्यक्ति तयार र सचेत रहनुपर्ने समय यही हो।

हालका दिनहरूमा विभिन्न दलका नेताहरू र जेनजी पुस्ताका अभिव्यक्तिले मुलुकमा विभाजन र तनाव बढ्ने संकेत देखिएको बेला शर्माको यस्तो सन्देश सार्वजनिक भएको हो।

उनले राष्ट्रको रक्षा र जनभावना सम्बोधनका लागि आवश्यक त्याग र समर्पण गर्न पनि सबैलाई आह्वान गरेका छन्।