काठमाडौंका ७ स्थानबाट आज एलपी ग्यास बिक्री हुँदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौंका ७ स्थानबाट आज एलपी ग्यास बिक्री हुँदै

काठमाडौ । नेपाल आयल निगमले आज आइतबार पनि काठमाडौंका विभिन्न स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ।

निगमका अनुसार उपभोक्ताको सहजताका लागि तोकिएका बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइनेछ। निगमले टेकु परिसर, बुढानीलकण्ठको पशु सेवा शाखा चापली, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजारको जुडो हल परिसर, नयाँ बानेश्वर होटल परिसर, बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट ग्यास बिक्री गर्ने जनाएको छ।

टेकुबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। चापलीबाट नेपाल, एचपी र भानु तथा कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्ड उपलब्ध हुनेछन्।

त्यस्तै, नयाँ बजार र नयाँ बानेश्वरबाट नेपाल, एचपी र ओम तथा बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री हुनेछन्। चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास वितरण गरिने निगमले जनाएको छ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको जनाएको छ। साथै, सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्न आग्रह गरेको छ।

ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।