सुनको मूल्य एकैदिन ३ हजार ६ सयले बढ्यो, चाँदी पनि उकालो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of सुनको मूल्य एकैदिन ३ हजार ६ सयले बढ्यो, चाँदी पनि उकालो

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। 

आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ थियो। यसअनुसार एकैदिन सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको हो। 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। शुक्रबार ४ हजार ६ सय ६० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च स्तरमा कारोबार भइरहेको छ।

उपलब्ध विवरणअनुसार सुन प्रतिऔँस ४ हजार ३ सय ७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  सुनचाँदीको मूल्यमा आएको पछिल्लो वृद्धिले नेपाली बजारमा यसको कारोबार र उपभोक्ताको खरिद लागतमा समेत प्रभाव पर्ने देखिएको छ।