जसपा–लोसपा एकतापछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ।
पार्टीले जारी गरेको परिपत्रअनुसार एकतापछि बनेको जनता समाजवादी पार्टी नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन्। त्यस्तै, सहअध्यक्षमा शरतसिंह भण्डारी तथा वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन्।
नयाँ केन्द्रीय समितिको उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन्। एकतापछि गठन गरिएको नयाँ केन्द्रीय समितिमा संरक्षक, अध्यक्ष र उपाध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी रहेका छन्।
दुई दलको एकीकरणपछि गठन भएको नयाँ संरचनाले पार्टीको सांगठनिक गतिविधिलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। एकतापछि नेतृत्व तथा पदाधिकारीको जिम्मेवारी बाँडफाँटसँगै अब पार्टीले संगठन विस्तार र आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने तयारी गरेको छ।







