कांग्रेस संस्थापन इतर समूहको सम्मेलनमा लफडा, महत र निधिबीच कागज खोसाखोस

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कांग्रेस संस्थापन इतर समूहको सम्मेलनमा लफडा, महत र निधिबीच कागज खोसाखोस

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्मेलनको समापन समारोहमा नेताहरूबीच लफडा भएको छ।

सम्मेलनका निर्णय सुनाउने क्रममा नेता प्रकाशशरण महत र विमलेन्द्र निधिबीच धकेलाधकेल र कागज खोसाखोस भएको हो। निर्णय लेखिएको कागज कसले पढ्ने भन्ने विषयमा दुई नेताबीच विवाद भएको बताइएको छ।

सार्वजनिक भएको भिडियोमा महत र निधिले एकअर्कालाई ‘तपाईं गैहाल्नुस्’ भन्दै विवाद गरिरहेको सुनिन्छ। विवाद बढ्दै गएपछि कार्यक्रममा राखिएको माइकसमेत काटिएको थियो। निर्णय सार्वजनिक गर्ने क्रममा देखिएको विवादपछि केही समय सम्मेलनको वातावरण तनावपूर्ण बनेको थियो।

नेताहरूबीचको विवादका कारण कार्यक्रम केहीबेर प्रभावित भएको बताइएको छ। कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको संगठनात्मक अवस्था, आगामी राजनीतिक रणनीति तथा समसामयिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरेको थियो।

तर, सम्मेलनको समापनमै नेताहरूबीच विवाद भएपछि कार्यक्रम चर्चामा आएको छ।