कांग्रेस इतरसमूहको नेतामा शशांक कोइराला, १५औँ महाधिवेशनको जिम्मेवारी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कांग्रेस इतरसमूहको नेतामा शशांक कोइराला, १५औँ महाधिवेशनको जिम्मेवारी

काठमाडौ । नेपाली कांग्रेसले संस्थापन इतरसमूहको नेतृत्वमा डा. शशांक कोइरालालाई अघि बढाएको छ।

काठमाडौंमा सम्पन्न इतरसमूहको भेलाले कोइरालालाई समूहको नेताका रूपमा अघि सार्दै पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित गतिविधि अघि बढाउने जिम्मेवारी दिएको हो। भेलाका संयोजकसमेत रहेका कोइरालालाई महाधिवेशनसम्बन्धी नियमित सांगठनिक तथा राजनीतिक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

भेलाबाट पारित निष्कर्षमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने उल्लेख गरिएको छ। महाधिवेशनसँग सम्बन्धित नियमित गतिविधि भने भेला आयोजक संयोजकका रूपमा कोइरालाले अघि बढाउने निर्णय भएको बताइएको छ।

यसअघि कांग्रेसको संस्थापन इतरसमूहको नेतृत्व पूर्णबहादुर खड्काले गर्दै आएका थिए। नयाँ निर्णयसँगै इतरसमूहको नेतृत्वमा कोइरालाको भूमिका थप स्पष्ट भएको छ। भेलाले पार्टीको आगामी महाधिवेशन, सांगठनिक गतिविधि तथा समूहको भावी रणनीतिबारे समेत छलफल गरेको थियो।

कोइरालालाई महाधिवेशन केन्द्रित गतिविधिको जिम्मेवारी दिएसँगै कांग्रेसभित्र संस्थापन इतरसमूहको राजनीतिक गतिविधि थप सक्रिय हुने विश्वास सो समुहले लिएको छ ।