सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
सोमबार बिहान पौने ६ बजेतिर खसेको पहिरोका कारण सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ। पहिरो खसेपछि काठमाडौं भित्रिने र बाहिरिने दुवैतर्फका सवारीसाधन रोकिएका छन्।
प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाका डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लामो जाम लागेको छ।
पहिरो पन्छाउने काम भइरहेको भए पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।







