आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

User Image Prime TV News ४ हप्ता अगाडि
Image of आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौ। म्यानचेस्टर सिटीलाई ३–० गोलले पराजित गर्दै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ।

आइतबार कार्डिफस्थित मिलेनियम रंगशालामा भएको खेलमा आर्सनलका लागि रिकार्डो क्यालाफिओरी, काइ हाभर्ट्ज र मार्टिन ओडेगार्डले गोल गरे।

खेलको पहिलो मिनेटमै क्यालाफिओरीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। २८औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको सुरुआतमै कप्तान ओडेगार्डले तेस्रो गोल थपेपछि आर्सनलले ३–० को सहज जित सुनिश्चित गरेको हो। यससँगै आर्सनलले १८औँ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ।

कम्युनिटी शिल्डमा अघिल्लो सिजनको प्रिमियर लिग विजेता र एफए कप विजेताबीच प्रतिस्पर्धा हुने गर्छ। आर्सनल प्रिमियर लिग विजेता तथा म्यानचेस्टर सिटी एफए कप विजेता बनेपछि यसपटक यी दुई टोलीबीच प्रतिस्पर्धा भएको हो।