सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबारको मूल्य अघिल्लो सोमबारको तुलनामा पनि ५ हजार ३ सय रुपैयाँ बढी हो। गत सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ६० रुपैयाँले बढेको छ।
महासंघले चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँ निर्धारण गरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ थियो। यस हिसाबले एक साताको अवधिमा चाँदी प्रतितोला १ सय रुपैयाँले महँगिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव तथा अमेरिकी डलरको विनिमय दरलगायतका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ।







