नेप्सेमा झिनो गिरावट, साढे ५ अर्बको कारोबार

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेप्सेमा झिनो गिरावट, साढे ५ अर्बको कारोबार

काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २,६४१.५८ विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका ३५० कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७२ कम्पनीको मूल्य बढेको छ। ५ कम्पनीको मूल्य भने स्थिर रह्यो। दिनभर १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५६ हजार ८१८ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँ पुगेको छ।

सोमबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। माउन्ट एभरेष्ट पावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको मूल्य ११.१७ प्रतिशतले उक्लिएको छ। 

यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.६३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको मात्रै १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी सोलु हाइड्रोपावरको ३८ करोड ४४ लाख रुपैयाँ र रिडी पावरको १६ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। समूहगत रूपमा १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक बढ्दा आठ उपसमूहको सूचक घटेको छ। बजारमा कारोबार रकम साढे ५ अर्ब रुपैयाँभन्दा माथि रहे पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेकाले नेप्सेमा सोमबार सामान्य दबाब देखिएको छ।