कांग्रेस महामन्त्री पौडेलको प्रश्नः आधिकारिकताको फैसला उल्टिए दुईतिहाइको नतिजा पनि उल्टिनुपर्ने हो?
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धी अदालतको फैसला उल्टिए त्यससँग जोडिएको दुईतिहाइ बहुमतको सरकारको नतिजासमेत उल्टिनुपर्ने हो कि भन्ने प्रश्न उठाएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै महामन्त्री पौडेलले अदालतको फैसलाले कांग्रेसको आधिकारिकताबारे एउटा निष्कर्ष दिइसकेको अवस्थामा त्यसलाई उल्टाउँदा त्यसपछिका राजनीतिक परिणामबारे पनि प्रश्न उठ्ने बताए।
उनले भने, ‘अदालतले जुन फैसला गर्यो, त्यसको फैसला उल्टाउँदा दुईतिहाइको फैसला पनि उल्टाउनुपर्छ होला नि?’
पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धी फैसला उल्टाएर थप राजनीतिक र संवैधानिक प्रश्न उठ्ने अवस्था नआउने विश्वाससमेत व्यक्त गरे। उनको भनाइले अदालतको फैसला, कांग्रेसको आधिकारिकता र त्यसबाट उत्पन्न राजनीतिक परिणामबीचको सम्बन्धबारे कांग्रेसभित्र भइरहेको बहसलाई थप सतहमा ल्याएको छ।
महामन्त्री पौडेलले अदालतबाट भएको निर्णयलाई पुनः उल्टाउने अवस्था आए त्यसले त्यसपछिका निर्णय र राजनीतिक परिणाममा समेत असर पर्न सक्ने संकेत गरेका हुन्। उनले यही कारण आधिकारिकताको फैसला उल्टिने सम्भावनाबारे आशंका नगर्न आग्रह गरेका छन्।







