अख्तियारका पदाधिकारीलाई राज्य व्यवस्था समितिले बोलायो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाएको छ।
समिति सचिवालयका अनुसार आयोगको काम कारबाही तथा अख्तियारको वार्षिक प्रतिवेदनले औंल्याएका विषयमा छलफल गर्न आगामी बिहीबार बिहान ११ बजे बैठक बोलाइएको हो। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।
गत असार २५ गते प्रतिनिधिसभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२ पेस भएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन संसद्मा पेस गरेकी थिइन्।
समितिले अख्तियारको प्रतिवेदनमा उल्लेखित विषय, आयोगको कार्यसम्पादन तथा भ्रष्टाचार नियन्त्रणका लागि भइरहेका काम–कारबाहीबारे आयोगका पदाधिकारीसँग जानकारी लिने तयारी गरेको छ।







