सुनचाँदीको मूल्यमा भारी वृद्धि, प्रतितोला सुन ३ लाख १३ हजार नाघ्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९,३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढेको हो। मूल्य वृद्धिसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसैगरी, असली चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन अर्थात् बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ र असली चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४,५१२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६७ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ। सोही अन्तर्राष्ट्रिय बजारको प्रभाव स्थानीय बजारमा पनि परेको महासंघले जनाएको छ।







