पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध भ्रामक प्रचारप्रति सचिवालयको कडा आपत्ति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक र प्रायोजित प्रचारप्रति उनको सचिवालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो प्रचारप्रति कडा शब्दमा भत्र्सना व्यक्त गर्दै सचेत रहन आम नागरिकसँग आग्रह गरेका छन्।
सचिवालयले प्रचण्ड र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी सार्वजनिक भएका निराधार र चरित्रहत्या गर्ने सामग्रीहरू संविधान तथा पत्रकार आचारसंहिता विपरित रहेको उल्लेख गर्दै, यस्ता सामग्रीहरूले पार्टी नेतृत्वमा अस्थिरता सिर्जना गर्ने प्रयास गरेको दाबी गरेको छ।
प्रचण्डको सचिवालयले विवादास्पद समाचारहरूमा उठाइएका आरोपहरूको सत्यताका लागि चुनौती समेत दिएको छ। यसमा प्रचण्डको निवासबाट दुई ट्रकमा दोश्रो करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने जस्ता दाबीहरू पर्दछन्।














