बाँसबारीमा वर्षाका कारण अढाई तले घर भासियो, मानवीय क्षति भएन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बाँसबारीमा वर्षाका कारण अढाई तले घर भासियो, मानवीय क्षति भएन

काठमाडौ । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा वर्षाका कारण अढाई तले घर भासिएको छ।

बिहीबार राति करिब ८ बजे भिरालो जमिनमा रहेको घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार उक्त घरमा न्यु गण्डकी गेस्टहाउस सञ्चालनमा रहेको थियो। लगातारको वर्षाका कारण जमिन कमजोर बनेपछि भवन भासिएको प्रारम्भिक जानकारी आएको छ।

घर भासिने समयमा भवनभित्र मानिस नभएकाले कुनै मानवीय क्षति नभएको महानगरपालिकाले जनाएको छ। घटनापछि सम्बन्धित निकायले घटनास्थलको निरीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थाबारे काम अघि बढाएको छ।

भिरालो क्षेत्रमा निर्माण गरिएका संरचनामा वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। वर्षाका कारण जमिन भासिने तथा संरचना कमजोर हुने सम्भावना रहेकाले जोखिमयुक्त भवनमा बसोबास नगर्न र सुरक्षित स्थानमा जान महानगरले सुझाव दिएको छ।