सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढ्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको छ।
एक साताको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला १५ हजार १ सय रुपैयाँले बढेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव तथा त्यसको प्रभावले नेपाली बजारमा समेत पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ।







