रियाल मड्रिडको विजयी सुरुआत, इस्पान्योलमाथि २–१ को रोमाञ्चक जित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । रियाल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ।
शनिबार आरसीडीई रंगशालामा भएको खेलमा रियालले घरेलु टोली इस्पान्योललाई २–१ ले पराजित गरेको हो। रियालका लागि जुड बेलिङघम र कार्लोस एस्पीले गोल गरे। इस्पान्योलका एलेक्स क्यालाट्राभाले एक गोल फर्काए।
खेलको नवौँ मिनेटमा बेलिङघमले गोल गर्दै रियाललाई सुरुआती अग्रता दिलाए। तर ३०औँ मिनेटमा क्यालाट्राभाले गोल गरेपछि खेल बराबरीमा पुग्यो।
दुवै टोली बराबरीमा रोकिएजस्तो देखिएको अवस्थामा खेलको अन्तिम मिनेटमा एस्पीले निर्णायक गोल गरे। उनको गोलसँगै रियालले २–१ को जित निकाल्दै नयाँ सिजनमा तीन अंक जोड्यो।
यस जितसँगै रियालले नयाँ प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा ला लिगाको पहिलो खेलमै महत्वपूर्ण तीन अंक हासिल गरेको छ। अन्य खेलमा रियाल बेटिसले रियाल सोसिडाडलाई १–० तथा सेभियाले एथलेटिक क्लबलाई ३–१ ले पराजित गरेका छन्।







