ट्रम्पद्वारा मतदाता परिचयपत्र अनिवार्य गर्ने घोषणा, कानुनी प्रभावअनिश्चित


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभरका सबै मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै उनले कार्यकारी आदेशमार्फत यस्तो व्यवस्था गर्ने तयारी रहेको जनाए ।
ट्रम्पले लेखेका छन्, "मतदाता परिचयपत्र हरेक मतमा हुनैपर्छ। कुनै अपवाद छैन, साथै उनले गम्भीर बिरामी र टाढा खटिएका सैनिकहरूबाहेक अरूका लागि हुलाकमार्फत हुने मतदान पनि रोक्ने बताएका छन्।"
निर्वाचन प्रक्रिया प्रत्येक राज्यले आफैं व्यवस्थापन गर्ने भएकाले हाल अमेरिकामा संघीय तहमा मतदाता परिचयपत्र अनिवार्य छैन। ट्रम्पले यसअघि २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। उनले विद्युतीय भोटिङ मेसिन हटाएर कागजी मतपत्रमार्फत हातैले मतगणना गर्ने प्रणाली लागू गर्नुपर्ने माग पनि गर्दै आएका छन्।
यद्यपि, अमेरिकी संविधानअनुसार राष्ट्रपति वा संघीय सरकारलाई राज्यको निर्वाचन नियममा हस्तक्षेप गर्ने अधिकार छैन। त्यसैले ट्रम्पको प्रस्तावित कार्यकारी आदेशले कति प्रभाव पार्नेछ भन्ने विषयमा अन्योल छ।