सामाजिक सञ्जाल नियमनमा प्रेस काउन्सिल गम्भीर बन्नुपर्छ : सञ्चारमन्त्री खरेल
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपाललाई सशक्त, प्रभावकारी र आम जनताले अनुभूति गर्न सक्ने निकायका रूपमा अगाडि बढ्न सुझाव दिएका छन् ।
आइतबार प्रेस काउन्सिल नेपालद्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा मन्त्री खरेलले आगामी आम निर्वाचनको सन्दर्भमा काउन्सिलको भूमिका थप महत्वपूर्ण हुने भन्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिए।
उनले भने, “सामाजिक सञ्जालमा बढ्दो मिथ्या, घृणाजन्य र आपत्तिजनक सूचनाहरूले राज्यको संयन्त्रलाई नै चिन्तित तुल्याएको छ। यस्ता गतिविधिहरूको नियमन र अनुगमन गर्न काउन्सिलले गम्भीरता देखाउनुपर्छ।”
मन्त्री खरेलले नागरिकस्तरबाट सञ्चालित सामाजिक सञ्जाललाई राज्य निकायद्वारा नियमन गरी आवश्यक कारबाहीको दायरामा ल्याउने दिशामा स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिए। साथै, काउन्सिलमा आवश्यक जनशक्ति र उपकरणको पहिचान गरी तत्काल कार्यदल गठन गरेर काम अघि बढाउन आग्रह गरे।







