गरिमा चौधरीमाथि भएको अपराधमा न्याय माग्दै माइतीघरमा प्रदर्शन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गरिमा चौधरीमाथि भएको अपराधमा न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्न, दोषीलाई कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्। उनीहरूले हातमा विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए।

यसैबीच, गरिमा चौधरीमाथि भएको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ सुरु भएको छलफल राति करिब १ बजेसम्म चलेपछि सहमति जुटेको हो।

छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्री, सरकारका प्रतिनिधि तथा गरिमाका अभिभावक सहभागी थिए।