सुनको मूल्य फेरि उकालो, प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज थप महँगिएको हो।
पछिल्लो वृद्धिसँगै सुनको मूल्य ३ लाख २२ हजार रुपैयाँभन्दा माथि पुगेको छ। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ। यता चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसरी सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि हुँदा चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ।







