अमेरिका र चीन बीचको व्यापार तनाव फेरि चर्किने संकेत

User Image Prime TV News ११ महिना अगाडि
Image of अमेरिका र चीन बीचको व्यापार तनाव फेरि चर्किने संकेत

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध एकपक्षीय रुपमा नयाँ व्यापारिक प्रतिबन्ध घोषणा गरेपछि दुई देशबीचको व्यापार तनाव फेरि चर्किने देखिएको छ।

ट्रम्पले आगामी नोभेम्बर १ देखि चीनबाट आयात हुने सबै सामानमा १०० प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्। साथै, अमेरिकी सफ्टवेयर र प्रविधिको निर्यातमा कडा नियन्त्रण लागू गरिने उनको भनाइ छ। ट्रम्पले चीनले दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाएर विश्वलाई दबाबमा राख्न खोजेको आरोप लगाउँदै यस्तो कदम चालिएको स्पष्ट पारेका छन्।

यस घोषणासँगै चीनले कडा प्रतिक्रिया जनाउँदै अमेरिकाको निर्णयले आफ्नो हितमा गम्भीर क्षति पुर्‍याउने चेतावनी दिएको छ। चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले दोहोरो मापदण्ड अपनाइरहेको र यस्तो कार्यले द्विपक्षीय व्यापार वार्ता बिगार्ने उल्लेख गरेको छ।

मन्त्रालयले चीन कुनै झगडा चाहँदैन तर आवश्यक परेमा आफू डराउने पक्षमा पनि नरहेको स्पष्ट पारेको छ। चीनले यदि अमेरिका आफ्नो निर्णयबाट पछि हटेन भने अमेरिकी जहाजहरूमा विशेष बन्दरगाह शुल्क लगाउने र थप कठोर जवाफी कदम चाल्ने चेतावनीसमेत दिएको छ।