प्रधानमन्त्री मुस्ताङ जानुको कारण सदनलाई जानकारी गराउन हर्क साम्पाङको माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रधानमन्त्री मुस्ताङ जानुको कारण सदनलाई जानकारी गराउन हर्क साम्पाङको माग

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई मुस्ताङ भ्रमण गरेको भए त्यसको कारण सदनलाई स्पष्ट पार्नुपर्ने बताए। उनले प्रधानमन्त्री पदमा रहेपछि व्यक्तिगत भ्रमण वा गतिविधिमा समेत सार्वजनिक जिम्मेवारी र जवाफदेहिताको ख्याल गर्नुपर्ने धारणा राखे।

‘उहाँ मन्त्रिपरिषद्, संसद्लाई सूचना नदिई जानुभएको हो ? के खान जानुभएको ? हावा थेन भने काठमाडौंमा हावा छ,’ राईले प्रश्न गर्दै भने, ‘मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले। के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ। सदनमा जवाफ दिनुपर्छ।’

राईले प्रधानमन्त्रीको भ्रमणबारे सदन र नागरिकलाई जानकारी दिनुपर्ने भन्दै प्रधानमन्त्री पदको निजी जीवन नहुनेतर्फ सचेत गराए। प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्य र त्यससँग जोडिएका गतिविधिबारे सरकारले प्रतिनिधिसभामा स्पष्ट जानकारी दिनुपर्ने उनको माग छ।