फ्लूका कारण ज्वरो आएपछि पूर्वमुमाबडामहारानी रत्न अस्पताल भर्ना
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह फ्लूका कारण ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन्।
अस्पतालका प्रशासन प्रमुख विमल बोगटीका अनुसार ९९ वर्षीया शाहको स्वास्थ्यमा कुनै जटिल समस्या देखिएको छैन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेको उनले जानकारी दिए।
बोगटीका अनुसार शाहलाई आइतबार बेलुकी अस्पताल भर्ना गरिएको हो। अस्पतालका वरिष्ठ फिजिसियनहरूले उनको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेका छन्। स्वास्थ्यमा सुधार भइरहेको भन्दै अस्पतालले उनलाई बुधबार डिस्चार्ज गर्ने तयारी गरेको जनाएको छ।
हाल शाहको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ।







