आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया तथा ईएपी छनोट अन्तर्गतको सुपर सिक्स चरणमा नेपालले आफ्नो पहिलो खेलका लागि युएईविरुद्ध टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल ओमानको अल अमारेत ग्राउन्डमा खेल सुरु हुदै छ।
नेपालले समूह चरणमा जापानविरुद्ध खेलेको उही टोलीलाई निरन्तरता दिएको छ। कप्तान रुबिन बोहराको नेतृत्वमा टोलीले आजको खेल जित्दै विश्वकपमा पुग्ने सम्भावनालाई थप बलियो बनाउने लक्ष्य लिएको छ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्समा प्रवेश गरेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण निर्णायक अवसर बन्नेछ। सुपर सिक्सको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टोलीले आईसीसी टी–२० विश्वकप २०२६ का लागि प्रत्यक्ष प्रवेश पाउनेछ।







