कांग्रेस महाधिवेशन रोक्न देउवा पक्षले दिएको रिटमा बिहीबार सुनुवाइ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेस महाधिवेशन रोक्न देउवा पक्षले दिएको रिटमा बिहीबार सुनुवाइ

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ हुने भएको छ।

देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको अवस्थामा उक्त विवादको टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने जिकिर गरेको छ।

कांग्रेसले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइरहेको छ। महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला देउवा समूह अदालत पुगेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बनेको छ।