लुम्बिनीका तीन सांसदलाई जसपा नेपालको कारबाही चेतावनी, २४ घण्टाभित्र स्पष्टीकरण माग

User Image Prime TV News २ हप्ता अगाडि
Image of लुम्बिनीका तीन सांसदलाई जसपा नेपालको कारबाही चेतावनी, २४ घण्टाभित्र स्पष्टीकरण माग

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशका तीन प्रदेशसभा सदस्यलाई कारबाहीको तयारी गरेको छ।

पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारलाई समर्थन गरेको आरोपमा सांसदहरूलाई पुनः स्पष्टीकरण सोधिएको हो। जसपा नेपालले सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेलवासे र भण्डारीलाल अहिरलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

यसअघि पार्टीले मागेको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको भन्दै जसपा नेपालले पुनः स्पष्टीकरण मागेको हो। पत्रमा तीनै सांसदलाई ‘तपाईंमाथि अनुशासनात्मक कारबाही किन नगर्ने?’ भन्दै आफ्नो धारणा पेस गर्न भनिएको छ।

पार्टीको निर्देशनविपरीत प्रदेश सरकारलाई समर्थन गरेको विषयलाई अनुशासन उल्लंघनका रूपमा लिँदै जसपा नेपालले कारबाही प्रक्रिया अघि बढाएको हो। अब २४ घण्टाभित्र सांसदहरूले दिने स्पष्टीकरणका आधारमा पार्टीले उनीहरूमाथि थप कारबाहीको निर्णय गर्ने तयारी गरेको छ।