प्रधानमन्त्री बालेनले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेनले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।

मंगलबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक नियमानुसार संसद्को प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्। सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको माग गर्दै आएका थिए।

बैठकमा मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। यस्तै, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि बैठकमा प्रस्तुत गरिनेछ।

यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने कार्यक्रम रहेको छ।