दोस्रो जितको खोजीमा नेपाल ‘ए’, आज एसिटीसँग भिड्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of दोस्रो जितको खोजीमा नेपाल ‘ए’, आज एसिटीसँग भिड्दै

काठमाडौ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।

खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। नेपाल ‘ए’ पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

त्यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट र बंगलादेश हाई–परफर्मेन्ससँग नौ विकेटले पराजित भएको थियो । एसिटी भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ।

नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ, किनकि जित निकाल्न सके नकआउट चरणको सम्भावना बलियो बनाउन सक्नेछ। नेपाल ‘ए’को टोलीको नेतृत्व अनिलकुमार शाहले गरिरहेका छन्।

टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।

टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो सहभागिता जनाइरहेको छ र यस प्रतियोगितालाई युवा खेलाडीका लागि उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव हासिल गर्ने अवसरका रूपमा हेरिएको छ।