प्रमुख तीन दलका नेताहरूलाई नेतृत्वबाट बिदाइ गर्न गगन थापाको अपिल
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर नयाँ राजनीतिक संवादको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत जारी गरेको भिडिओ सन्देशमा उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूलाई जिम्मेवारीबाट हटाएर देशलाई नयाँ दिशामा अघि बढाउन अपिल गरेका हुन्।
थापाले वर्तमान राजनीतिक व्यवस्थामा सत्ता सन्तुलन र नेतृत्व शैलीले जनतामा निराशा बढाएको उल्लेख गर्दै, नयाँ नेतृत्वमार्फत संवाद र सहकार्यको वातावरण आवश्यक रहेको बताए।
उनले यस अवसरमा राजनीतिक दलहरूबीच विश्वासको पुनर्निर्माण, नीति आधारित छलफल र समावेशी निर्णय प्रक्रियाको महत्वलाई जोड दिएका छन्।
थापाले भने, “पुराना ढाँचामा टाँसिएका नेताहरूले देशलाई स्थायी समाधानतर्फ लैजान सक्दैनन्। नयाँ नेतृत्व र विचारको आवश्यकता छ।”













