गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ।
एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहेका छन्।
चारै जना मन्त्रीले मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएसँगै एमाले गण्डकी सरकारबाट औपचारिक रूपमा बाहिरिएको हो। एमालेका मन्त्रीहरूले सरकारबाट बाहिरिनुको कारणबारे विस्तृत धारणा सार्वजनिक गर्न बाँकी छ। चार मन्त्रीको राजीनामापछि गण्डकी प्रदेश सरकारको राजनीतिक समीकरणमा समेत प्रभाव पर्ने देखिएको छ।
अब मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारलाई निरन्तरता दिन आवश्यक राजनीतिक तथा संवैधानिक प्रक्रिया अघि बढाउने तयारी गर्नेछन्।







