बाढी प्रभावितको उद्धार र राहतबारे छलफल गर्न आज सर्वदलीय बैठक
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
यस्तै, प्रभावित नागरिकका लागि राहत तथा पुनःस्थापनाका काममा राजनीतिक दलहरूबीच सहकार्य र संयुक्त पहल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
पछिल्लो समय बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन सर्वदलीय बैठक बोलाइएको हो।







