रसुवामा बाढीपछि २८ प्रहरी अझै सम्पर्कविहीन

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवामा बाढीपछि २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौ । रसुवा जिल्लाका विभिन्न स्थानमा खटिएका ६४ प्रहरीमध्ये ३२ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भोटेकोसी नदीमा आएको बाढीपछि उद्धार, राहत तथा सहायता कार्यका लागि विभिन्न जिल्लामा ३ हजार ३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ । साथै, प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यसमेत भइरहेको छ ।