सोनु सुदले भने: ‘नेपाल तिमी एक्लो छैनौ, सहयोग लिएर आउँदै छौँ’

User Image Prime TV News २ हप्ता अगाडि
Image of सोनु सुदले भने: ‘नेपाल तिमी एक्लो छैनौ, सहयोग लिएर आउँदै छौँ’

काठमाडौ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति बलिउड अभिनेता सोनु सुदले दुःख व्यक्त गरेका छन् ।

उनले बाढीबाट प्रभावित नेपालीको साथमा आफू रहेको बताएका छन् । सुदले सामाजिक सञ्जालमार्फत नेपाल बाढीको विपत्तिमा एक्लो नरहेको भन्दै प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

उनले बाढीपीडितका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन् । उनको सन्देशपछि नेपाली कलाकार तथा सर्वसाधारणले धन्यवाद व्यक्त गरेका छन् ।

सोनु सुद भारतमा विपद्का बेला सहयोग गर्ने कलाकारका रूपमा परिचित छन् । कोरोना महामारीका समयमा भारतमा लकडाउन हुँदा उनले घर फर्किन चाहने नेपाली श्रमिकलाई समेत आफ्नै पहलमा यातायात, खाना तथा आवश्यक सामग्री उपलब्ध गराएका थिए ।

रसुवाको भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि अहिले नेपालमा खोजी, उद्धार तथा राहतको काम जारी छ ।