आज केही भूभागमा भारी वर्षाको सम्भावना

User Image Prime TV News २ हप्ता अगाडि
Image of आज केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज केही भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशभर सामान्यतया बादल लाग्ने तथा हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

राति पनि देशभर सामान्यतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।