एमालेद्वारा प्रतिनिधिसभा पुनःस्थापनाको माग, पार्टी महाधिवेशन मंसिर अन्तिम साता

User Image Prime TV News ३ महिना अगाडि
Image of एमालेद्वारा प्रतिनिधिसभा पुनःस्थापनाको माग, पार्टी महाधिवेशन मंसिर अन्तिम साता

काठमाडौ । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै सरकारको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई संविधान र जनादेशविपरीत भएको निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिंदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, “विघटन नै संविधानको मर्मविपरीत छ, त्यसैले संसद् पुनःस्थापना हुनैपर्छ। लोकतान्त्रिक अभ्यासमा यस्तो कदम अस्वीकार्य छ।

ज्ञवालीले आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको आमनिर्वाचनको तयारीलाई पनि अविश्वसनीय भन्दै आरोप लगाए। उनका अनुसार, “चुनाव गर्न सरकारसँग न त राजनीतिक वातावरण छ, न त प्राविधिक तयारी। यो देशलाई अस्थिरता र अन्योलमा फसाउने योजनामात्र हो।

एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मागका साथ आन्दोलनात्मक कार्यक्रम अघि बढाउने संकेत पनि गरेको छ। यस्तै बैठकले ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।

सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।