भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

काठमाडौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लामा अहिलेसम्म २७० जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव भेटिएको छ। त्यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा समेत शव फेला परेको प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीपछि तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ। प्रभावित जिल्लामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

बेपत्ता व्यक्तिको खोजी र भेटिएका शवको पहिचान तथा व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको सुरक्षा निकायले जनाएको छ। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार कार्यमा चुनौती देखिएको छ। प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई समेत तीव्र बनाइएको छ।