रसुवा बाढी : मृतकको संख्या ४६९ पुग्यो, चितवनमा मात्रै १७८ शव फेला
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ ।रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिन अनुसार बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा आठ जिल्लाबाट ४६९ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै १७८ जनाको शव फेला परेको छ । यस्तै नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ ।
बाढीपछि नदी तटीय क्षेत्रमा व्यापक खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोलीले बेपत्ताको खोजी र प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी राखेका छन् ।
बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्याउन चुनौती भइरहेको छ ।







